जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ९७ लाख बढी राजस्व संकलन

भिजन समाचार
20
Shares

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ९७ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको १० महिनाको अवधिमा ९७ लाख ८६ हजार ४९८ रुपैया राजश्व संकलन गरेको हो ।

राहदानी शुल्क, न्यायिक दण्ड, जरिवाना, जफत शुल्क, कम्पनी संस्था रजिष्टे«शन नवीकरण लगायतको शिर्षक बाट कार्यालयले उक्त राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।

राहदानीका लागि एक हजार ८५५ जनाको अनलाइन विवरण दर्ता भएकोमा दुई हजार ८२२ जनालाई राहदानी वितरण गरिएको जिल्ला प्रशाश कार्यालय ओखलढुंगाले जनाएको छ । यहि अवधिमा प्रशासन मार्फत नेपाली नागरिकता प्रमाणपत्र तीन हजार १७८, नागरिकता प्रतिलिपि दुई हजार ५०३, नाबालक परिचयपत्र ६९ वटा वितरण गरिएको छ ।

वैवाहिक अङ्गिकृत नागरिकता तीन, कर्मचारी परिवारको नाता एक, गैह्र आवासिय नेपाली नागरिकता तीन जनालाई प्रदान गरिएको र चार जनाले नागरिकता परित्याग गरेको कार्यालयले जनाएको छ ।

सेवाग्राही नागरिकको सहजताका लागि शनिबार बाहेक सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रदान भइरहेको प्रशासनले जनाएको छ ।