ओखलढुंगाका ४० जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

ओखलढुंगाका ४० जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण


भिजन समाचार
742
Shares

ओखलढुंगा सदरमुकाममा ४० जना जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । जेष्ठ नागरिक दिवा सेवा मिलन केन्द्र सिद्धिचरण नगरपालिका–१२ को आयोजनामा सदरमुकाम बजार क्षेत्र र आसपासमा बसोबास गर्ने जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।

केन्द्रको नियमित कार्यक्रम अन्तर्गत वृद्धवृद्धाको प्रेसर, सुगर, ग्याष्ट्रिक, हाडजोनीलगायतका समस्याको परिक्षण, औषधि वितरण र परामर्श प्रदान गरिएको केन्द्रका अध्यक्ष ध्रुवकुमार राजभण्डारीले बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय ओखलढुंगाको समन्वयमा आवश्यक चेकजाँचसँगै निःशुल्क औषधि पनि वितरण गरिएको कार्यालय प्रमुख डा.निरज खतिवडाले जानकारी दिए ।

वृद्धा अवस्थामा विभिन्न दिर्घरोग र स्वास्थ्य समस्या देखिने भएकाले चेकजाँच गरेर रोगलाई बढ्न नदिन सेवा प्रदान गरिएको उनले बताएका छन् ।