सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव ५ लाख ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस लिएका इन्जिनियर सन्तोष कुमार यादव पक्राउ परेका हुन् ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा गएको आयोगको टोलीले यादवलाई सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
ओखलढुंगाबाट उनि घुस बुझ्न काठमाडौं आएको खुलेको आयोगले जनाएको छ ।
प्रतिक्रिया