ओखलढुङ्गामा बच्चा जन्माएर फालेकाे आराेपमा १९ वर्षिय युवतीलाई प्रहरीले पक्राउ गरेकाे छ । आफैले जन्माएकाे नवजात शिशु फालेकाे आराेपमा जिल्लाकाे चम्पादेवी गाउँपालिका-९ की १९ वर्षिय युवतीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
युवतीले गत १४ गते घरमा बच्चा जन्माई नजिकैको आफ्नै अर्काे घरमा फालेकी थिईन् । ईलाका प्रहरी कार्यालय रामपुर बरुणेश्वरबाट प्रहरी निरीक्षक मनिष लुईटेलकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलिले उक्त शिशुको टाउकाे मात्र फेला पारेकाे छ ।
शिशुलाई कुकुरले खादै गरेकाे अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । शरिरकाे अन्य भाग कुकुरले खाएकाे हुनसक्ने प्रहरीको अनुमान छ ।
जन्मने बित्तिकै शिशु फालेको आरोपमा आइतबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताएका छन् ।
अनुसन्धानका लागि युवतीलाई प्रहरीले सुनकाेशी गाउँपालिका-७ च्यानम बाट पक्राउ गरेकाे हाे । उनी कक्षा १२ काे परिक्षा दिन च्यानम आएकी थिईन् ।
प्रतिक्रिया