ओखलढुंगाका २ हजार ८४८ विद्यार्थीले १२ कक्षाको परीक्षा दिने

ओखलढुंगाका २ हजार ८४८ विद्यार्थीले १२ कक्षाको परीक्षा दिने


भिजन समाचार
1.4k
Shares

ओखलढुंगामा २ हजार ८ सय ४८ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिने भएका छन् । आइतबारबाट सुरु हुने परीक्षामा नियमिततर्फ १ हजार ८ सय ५४ र ग्रेडवृद्धि तर्फ ९ सय ९४ जना गरी कुल २ हजार ८४८ जना विद्यार्थी सामेल हुने भएका हुन् ।

परीक्षाका लागि जिल्लामा ९ वटा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख सुरेश ढकालले जानकारी दिए । उनका अनुसार सिद्धिचरण नगरपालिका, मानेभन्ज्याङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा दुई÷दुई वटा परिक्षा केन्द्र तोकिएको छ ।

यस्तै लिखु र खिजीदेम्बा गाउँपालिकामा एक-एक वटा केन्द्र तोकिएको छ ।

परीक्षालाई शान्तिपूर्ण र मर्यादत बनाउन सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

यस अघि बैशाख ११ गते देखि हुने भनिएको १२ कक्षाको परीक्षा शिक्षकको आन्दोलनका कारण बैशाख २१ गते देखि हुने गरि सारिएको थियो ।