ओखलढुंगाको खिजीदेम्बामा परेको असिनाले ९० लाख बढीको क्षति भएको छ । चैत्र मसान्त देखी तीन दिन परेको असिना पानीले आलु, मकै गहुँ लगायतका बालीमा क्षति गरेको हो ।
असिनाले खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ८ बोहकका सबै वडामा किसानले लगाएको आलु, गहुँ र उवा बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख टिका बानियाले जानकारी दिए ।
निमित्त प्रमुख बानियाका अनुसार यो विबरण प्रारम्भिक हो । क्षतिको अनुगमन र विस्तिृत विवरण संकलनको काम भईरहेको बानियाले जानकारी दिए । खिजीदेम्बामा किसानले लगाएको १२० हेक्टर खेतीबालीमा असिनाले क्षति गरेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया