ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ खिजीफलाटेमा सञ्चालन भएको घुम्ती शिविरमा नौ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र गाउँपालिकाको सहकार्य तथा सहजीकरणमा सञ्चालन गरिएको हो ।
शिविरमा घरेलु कार्यालयबाट नौं वटा नयाँ व्यवसाय दर्ता भएका छन् । पाँच वटा वाणिज्य र चार वटा उद्योग तर्फको व्यवसाय दर्ता भएको कार्यालय प्रमुख मोहनराज भट्टराईले बताए । यस्तै पाँच वटा व्यवसाय नविकरण भएका छन् ।
यस्तै कर कार्यालय मार्फत १५ सेवाग्राहीलाई नयाँ व्यवसायिक पान, व्यक्तिगत पान, बायोमेट्रिक अद्यावधिक लगायतको सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ । करदाता शिक्षा तथा बायोमेट्रिक, नयाँ पान नम्बर प्रदान लगायतका सेवा प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग र कर कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न स्थानिय तहमा शिविर सञ्चालन गरिएको छ ।
प्रतिक्रिया