मानेभञ्ज्याङका २७ जनालाई अचार बनाउने तालिम प्रदान

मानेभञ्ज्याङका २७ जनालाई अचार बनाउने तालिम प्रदान


भिजन समाचार
636
Shares

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा २७ जनालाई अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानिय कच्चा पदार्थ तथा वन जंगलमा पाईने फल बाट अचार बनाउने सीप प्रदान गरिएको हो ।

तालिममा गाउँपालिकाको नौ वडा बाट प्रत्येक वडाका तीन जना सहभागी भएका छन् । ‘आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार’ भन्ने नारा सहित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत अचार बनाउने तालिम प्रदान गरिएको सहजकर्ता गोविन्द खत्रीले जानकारी दिए ।

युवाहरुलाई व्यवसायीक र स्वरोजगार बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । तालिममा सिकेको सीपलाई व्यबहारमा लागु गर्न सहभागीहरुलाई अध्यक्ष रुम्दालीले आग्रह गरेका छन् ।

दश दिन सम्म सञ्चालन गरिएको तालिममा सहभागीलाई अमला, कागती, लप्सी, खुर्सानी लगायतका स्थानिय उत्पादन बाट अचार बनाउने सीप सिकाईएको थियो ।

आज तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष आश्रचन राई, वडा अध्यक्ष, जनप्रतिनिधी लगायत सरोकारवाला उपस्थित भएका थिए । जीवन उपयोगी सीप सिकेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।