रुम्जाटारमा हवाईजहाजः आउदा १४, फर्किदा चार यात्रु

रुम्जाटारमा हवाईजहाजः आउदा १४, फर्किदा चार यात्रु


भिजन समाचार
10.6k
Shares

नेपाल एयरलाईन्सको जहाजले ओखलढुङ्गाको रुम्जाटार बाट चार जना यात्रु लिएर फर्किएको छ । बुधबार विहान काठमाण्डौ बाट १४ जना यात्रु लिएर रुम्जाटार आएको जहाजले फर्किदा चार जना यात्रु लिएर फर्किएको हो ।

केहि महिना अघि एनएको जहाजले हप्तामा एक दिन उडान भर्न थालेको थियो । जहाज मर्मतका कारण केहि महिना उडान रोकिएको थियो ।  मर्मत पछि आज बिहान जहाजले काठमाण्डौ बाट १४ जना यात्रु लिएर रुम्जाटार आएको नेपाल नागरिक उड्यन प्राधिकरणका बरिष्ठ अधिकृत उत्सव पाण्डेले बताए । दुई जना बालबालिका सहित १४ जना यात्रु लिएर जहाज रुम्जाटार आएको पाण्डेको भनाई छ ।

उक्त जहाजले चार जना यात्रु लिएर फर्किएको छ । दुई जना बालबालिका सहित चार जना यात्रु लिएर जहाज काठमाण्डौ फर्किएको पाण्डेले जानकारी दिए ।  

कालोपत्रे धावनमार्ग भएको रुम्जाटार विमानस्थल यात्रु अभावका कारण आठ वर्ष देखि ठप्प थियो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा संघीय सांसद रामहरी खतिवडाको पहलमा नेपाल वायु सेवा निगमको जहाजले केहि महिना अघि देखि रुम्जाटारमा हप्तामा एक दिन उडान भर्न थालेको हाे ।

यात्रु अभावका कारण नेपाल एयरलाईन्सले हप्तामा एक दिन गर्ने भनिएको उडान पनि अनिश्चित देखिएको स्थानियको भनाई छ । नियमित उडानका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालय ओलखढुङ्गाले सम्पुर्णलाई अनुरोध गरेको छ । काठमाण्डौ–रुम्जाटार हवाई टिकट अनलाईन बाट पनि लिन मिल्ने व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् ।