ओखलढुंगामा काठ र जडिबुटी बाट करिब दुई करोड राजश्व संकलन

ओखलढुंगामा काठ र जडिबुटी बाट करिब दुई करोड राजश्व संकलन



डिभिजन वन कार्यालय ओखलढुंगाले काठ र जडिबुटी बाट एक करोड ९७ लाख बढि राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को साउन देखि फागुन मसान्तको अवधिमा काठ र जडिबुटी निकासी बापत कार्यालयले एक करोड ९७ लाख ६१ हजार ८७२ रुपयाँ राजश्व संकलन गरेको हो ।

मुल्य अभिवृद्धि करबाट एक करोड ७२ लाख ३० हजार ३३५ रुपैयाँ, प्रदेश सेवा शुल्क वापत २४ लाख ९२ हजार ६११ रुपैयाँ र जडिबुटी निकासी बाट ३८ हजार ९२६ रुपैयाँ गरि कुल एक करोड ९७ लाख ६१ हजार ८७२ रुपयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख रितेष भुषण बस्नेतले बताए ।

कार्यालयले चालु आर्थिक वर्षमा निजि वन बाट छ लाख ६२ हजार ७०५ क्युफिट काठ र गैरकाष्ठ वन पैदावार १९ हजार चार सय ६३ किलाे जडिबुटी निकासी भएको प्रमुख बस्नेतले जानकारी दिए ।

जिल्ला बाट खयर, उत्तिस लगायतका काठ र जडिबुटीमा चिराइतो र लोक्ता निकासी हुने गरेको कार्यालयले जनाएको छ । नर्सरीमा एक लाख बिरुवा उत्पादन गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ ।