ओखलढुंगामा सञ्चालित सुरक्षित आवास गृह (सेफ हाउस) को बचत ८५ हजार देखिएको छ । सार्वजनिक गरिएको विवरण अनुसार सेफ हाउसको ८५ हजार नाफामा रहेको पाईएको छ ।
सार्वजनिक सुनुवाई गरेर संस्थाको आय व्यय सार्वजनिक गरिएको थियो । परिर्वतनशील महिला सामुदायिक संस्था मार्फत सदरमुकाममा सेफ हाउस सञ्चालन गरिएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले नगर तथा गाउँपालिका, प्रदेश सरकार साथै अन्य दात्री निकाय बाट ११ लाख ९८ हजार १३४ आम्दानी गरेको ईन्चार्ज धनकुमारी थापाले बताईन् । थापाका अनुसार ११ लाख १३ हजार ३६६ रुपयाँ ३२ पैसा खर्च भएको छ ।
कतिपय रकम अझै प्राप्त हुन बाँकी रहेकोले उपलब्ध गराउनका संस्थाकी अध्यक्ष मनसरी राईले आग्रह गरेकी छिन् ।
सिद्धिचरण नगरपालिका मार्फत एबीसी बाट तीन लाख सात हजार ७० रुपैयाँ, सिद्धिचरण नगरपालिकाबाट एक लाख, चिशंखुगढीबाट एक लाख ५० हजार, मोलुङबाट एक लाख ५० हजार, मानेभञ्ज्याङ गाउँपालिकाबाट ५० हजार रकम अनुदान प्राप्त भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत दुई लाख, टेवा नेपाल धापाखेलबाट एक लाख ५२ हजार ६४ रुपैयाँ र उद्यमी महिलाहरुलाई अनुदान, विविध कार्याक्रमबाट ९४ हजार गरि कुल ११ लाख ९८ हजार १३४ रुपयाँ सेफ हाउस सञ्चालक संस्थाले प्राप्त गरेको छ ।
सुरक्षित आवास गृह व्यवस्थापन र सञ्चालनका लागि विभिन्न शिर्षकमा कुल ११ लाख १३ हजार ३६६ रुपयाँ ३२ पैसा खर्च भएको ईन्चार्ज धनकुमारी थापाले सार्वजनिक सुनुवाईको क्रममा जानकारी दिएकी छिन् ।
सेफ हाउस सञ्चालक संस्थाले जिल्लाका स्थानिय तह सँग प्रभावकारी समन्वय गर्न आवश्यकता रहेको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदार बाबु बस्नेतले बताए । अहिले सम्म भएका कमजोरीलाई सुधार गर्दै स्थानिय तहहरु सँग बजेट तथा कार्यक्रमका लागि समन्वय आवश्यक रहेको उपप्रमुख बस्नेतले सुझाव दिएका छन् ।
प्रतिक्रिया