सहकारी संघ लिमिटेड ओखलढुंगाको अध्यक्षमा सरोज धमला निर्वाचित भएका छन् । सदरमुकाममा बिहीबार सम्पन्न संघको दोस्रो अधिवेशनले धमलाको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्षमा कल्याण राई, सचिवमा देव कुमार दाहाल, कोषाध्यक्षमा राम कुमारी गुरुङ चयन भएका छन् । त्यसै सदस्यमा गोपाल तामाङ र दिनेश काफ्ले छनौका भएका छन् । लेखा समिति सदस्यमा योगेश्वर दाहाल र कल्पना बानिया चयन भएका छन् ।
अधिवेशनले सहकारीहरुलाई आर्थिक स्थितिको सुधार गरि पुँजी एकिकृत गर्न, पारदर्शी बनाउने र रोजगारी उत्पादनमा जोड दिने लगायतका विभिन्न निर्णय समेत गरिएको छ ।
संघका निर्वतमान अध्यक्ष खिलानाथ दाहालको अध्यक्षता र सिद्धिचरण नगरपालिका उप–प्रमुख केदारबाबु बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका पदाधिकारी, जनप्रतिनिधि, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी संस्थाका सञ्चालक समिति लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।
सहभागीले समितिलाई चलायमान बनाउँदै सहकारीमा रहेका विकृतिलाई हटाउन र सहकारीको माध्यमबाट जिल्लाको आर्थिक विकासमा जुट्न आग्रह गरेका छन् । जिल्लाका २२ वटा सहकारी संघमा आवद्ध छन् ।
प्रतिक्रिया