ओखलढुंगामा सन्तानब्बे लाख बढी मालपोत राजश्व संकलन

ओखलढुंगामा सन्तानब्बे लाख बढी मालपोत राजश्व संकलन



ओखलढुंगामा ९७ लाख बढी मालपोत राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ९७ लाख २४ हजार २६९ रुपैया ८४ पैसा राजश्व संकलन भएको कार्यालय प्रमुख निरकुमार ढुंगानाले बताए ।

मालपोत राजश्व संकलन बढेको ढुंगानाको भनाई छ । अघिल्लो आर्थिक वर्ष भन्दा तीन लाख ५९ हजार ८१२ रुपैया बढी राजश्व संकलन भएको छ । गत आर्थिक बर्षमा ९३ लाख ६४ हजार ४५७ रुपैया राजश्व संकलन भएको थियो ।

यस आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन वापत सबैभन्दा बढी ७९ लाख ९१ हजार ६१४ रुपैयाँ ८४ पैसा र लाभकर वापत १७ लाख ३२ हजार छ रुपैया ५५ पैसा राजश्व संकलन भएको कार्यालय प्रमुख ढुंगानाले बताए । एक हजार २४५ रजिस्ट्रेसन पास भएका छन् ।

कार्यालयले २२० महिलालाई छ लाख २५ हजार २८ रुपैया रजिष्ट्रेसन दस्तुर छुट दिएको छ । २८ जना दलित सेवाग्राहीलाई ९० हजार १५० रुपैया छुट दिएको छ ।

ओखलढुंगा सदरमुकाम र खिजिफलाटेमा मालपोत कार्यालय छन् । यो तथ्यांक ओखलढुंगा सदरमुकाम कार्यालयको मात्र भएको बताईएको छ ।