ओखलढुंगामा बिवाह योग्य उमेर अगावै सुत्केरी हुनेको संख्या ९१ जना रहेको तथ्याङ्क बाहिरिएको छ । जिल्लामा चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म ९१ जना २० वर्ष नपुग्दै सुत्केरी भएका छन् ।
जिल्लाको आठ वटै स्थानिय तहबाट प्राप्त विवरण अनुसार आठ महिनाको अवधिमा ९१ जना २० वर्ष नपुग्दै सुत्केरी भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका सूचना अधिकारी विवेक पोखरेलले बताए । विवरण अनुसार सबै भन्दा बढी सिद्धिचरण नगरपालिकामा २९ जना सुत्केरी भएका हुन् ।
मानेभञ्ज्याङमा १७, चम्पादेवीमा १३ र सुनकोशीमा आठ जना कम उमेरमा सुत्केरी भएका छन् । लिखु, खिजीदेम्बा र मोलुङ गाउँपालिकामा सात÷सात जना र सबै भन्दा कम चिशंखुगढी गाउँपालिकामा तीन जना नेपाल सरकारले तोकेको विबाह उमेर नपुग्दै सुत्केरी भएको सूचना अधिकारी पोखरेलले बताए ।
जिल्ला अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल र विभिन्न स्थानिय तहका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाको उमेर अनुसार यो तथ्याङ सार्वजनिक गरिएको छ । बालविबाह न्युनिकरणका लागि स्थानीय तह, जनप्रतिनिधि र सरोकारवाला निकाय सँगको समन्वयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया