ओखलढुंगाका कृषकहरुलाई कृषि यन्त्र मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कायान्वयन एकाई ओखलढुंगाले २७ जना कृषकलाई कृषि यान्त्रिकरण मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
जिल्लामा कृषि यन्त्रको प्रयोग बढ्दो छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले अनुदानमा प्रदान गरेका यन्त्रहरु मर्मतको अभावमा थन्किएर बस्न नपरोस भन्ने उद्देश्यले किसानलाई सीप सञ्चालन गरिएको परियोजना कार्यान्वयन इकाई ओखलढुंगाका निमित्त वरिष्ठ कृषि अधिकृत हेम बहादुर आले मगरले बताए ।
जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको प्रमुख आतिथ्यतामा आज देखी तालिम सुरु गरिएको आले मगरको भनाई छ । तालिम तीन दिन सम्म सञ्चालन हुनेछ । एकाईको कार्यक्षेत्र रहेका पालिकाहरु बाट कृषकहरु तालिममा सहभागी भएका छन् ।
प्रतिक्रिया