समाजसेवी भोजकुमार श्रेष्ठले ओखलढुंगा प्रहरीलाई विभिन्न लेखकले लेखेका प्रेरणादायी पुस्तक दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा स्थापित पुस्तकालयका लागि सुनकोशी ७ निवासी समाजसेवी युवा व्यवसायी श्रेष्ठले शुक्रबार ३० हजार बराबरको ४७ थान पुस्तक हस्तान्तरण गरेका हुन् ।
व्रिटिस सेक्युरिटी सर्भिका प्रबन्ध निर्देशक समेत रहेका श्रेष्ठले जिल्ला प्रहरी प्रमुख कृष्ण खड्कालाई पुस्तक हस्तान्तरण गर्दै आगामी दिनमा थप सहयोग र सहकार्य गरिने बताए ।

प्रहरीले अध्ययन प्रयोजनका लागि कार्यालय भित्रै पुस्तकालय सञ्चालन गरिरहेको छ ।
दाताहरुले प्रहरीको पुस्तकालयलाई पुस्तक सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया