ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ मा कच्चा विकासको नमुना देखिएको छ । जाल्पा मन्दिर आसपासको सडकमा भइरहेको ढलानको कार्यमा स्थानीयवासीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । पुरानो भत्किएको फुटेको ढलानको स्थानमा अहिले नयाँ ढलान गरिएको छ, तर यसमा पनि समस्याहरू देखिएका छन् ।
ढुंगा माटो र काठपात सफा नगरी सीधै ढलान गरिएको विषयमा स्थानीयहरूले आवाज उठाएका छन् । यस प्रकारको विकासले टिकाउ र गुणस्तरीय परिणाम नदिने स्थानिय निश्चल राजभण्डारीले बताए । “पहिलेको ढलान पनि लामो समय टिकेन, अहिलेको ढलान गराई पनि राम्रो भएन ।” राजभण्डारीको भनाई छ ।
प्राविधिक स्टिमेट अनुसार सडक ढलानको काम भईरहेको वडा अध्यक्ष विनोद ताम्राकारले बताए । “सडकको सोलिङ गर्ने स्टिमेट छैन, त्यसैले साझै ढलानको काम भएको हो,” वडा अध्यक्ष ताम्राकारको भनाई छ ।
स्थानियले गरेको गुनासो अनुसार ढलानको काममा कमजोरी भए नभएको आफुले अनुगमन गर्ने वडा अध्यक्ष ताम्राकारले बताए । वडाको तीन लाख बजेटले उपभोक्ता समिति मार्फत सडक ढलानको काम भईरहेको छ । सदरमुकाम क्षेत्रमा गरिएको अधिकांश ढलान केही वर्षमै जिर्ण हुने गरेकाे छ ।
प्रतिक्रिया