आप्रवासी स्रोत केन्द्रमा तीन महिनाको अवधिमा ५९९ जना युवाले वैदेशिक रोजगारी सम्बन्धी परामर्श लिएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको श्रोत केन्द्रमा तीन महिनको अवधिमा विदेश जान लागेका र फर्केका युवाहरुले परामर्श लिएका हुन् । को कार्यालयमा वैदेशिक रोजगारीका लागि जान लागेका ४७८ जनाले परामर्श लिएका छन् भने ११८ जना वैदेशिक रोजगारीबाट फर्केका युवाले परामर्श लिएको केन्द्रकी परामर्श कर्ता राधा बस्नेतले बताईन । बस्नेतका अनुसार वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका तीन जना युवाले पनि परामर्श सेवा लिएका छन् ।
केन्द्र मार्फत सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्श, स्वदेश वा विदेशमा वैदेशिक रोजगारीका कारणले निम्त्याएका ठगी, मृत्यु, अंगभंग, बिरामी, अलपत्र, जेल परेका, हराएका लगायतका समस्यामा निःशुल्क कानुनी सहायता लागि सहजीकरणको कामहरु भइरहेको बस्नेतले जानकारी दिईन् ।
वैदेशिक रोजगारीका लागि आवश्यक सीप र तालिम सम्बन्धी महत्व दर्शाउँदै सम्बन्धित कार्यालयमा सिफारिस गर्ने काम भएको बस्नेतको भनाई छ ।
केन्द्रले सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना र परामर्श सेवा उपलब्ध, वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई कम गराउन र ठगीमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउन, मृत्यु वा अंगभंग भएका कामदारहरुको हकमा वैदेशिक रोजगार बोर्ड, सम्बन्धित निकायबाट प्रदान गर्ने आर्थिक सहायता लागि सिफारिस उपलब्ध गराउने काम गरिरहेको छ ।
सिद्धिचरण नगरपालिका, संघ र प्रदेश सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा स्रोत केन्द्रको कार्यालय स्थापना गरिएको छ ।
प्रतिक्रिया