व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाले १४९ जना युवालाई सीपमुलक तालिम प्रदान गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका १४९ जना युवालाई सीपमुलक तालिम दिएको हो ।
कम्प्युटर डिप्लोमा, कटाई–सिलाई, विद्युत जडान, ब्युटी पार्लर, ईलेक्ट्रिक र सिकर्मी सम्बन्धीको सीपमुलक तालिम युवाहरुलाई प्रदान गरिएको केन्द्र प्रमुख जितेन्द्र राईले बताए । ओखलढुंगाका ९५, खोटाङका ४३ र सोलुखुम्बुका ११ जना युवाले तालिम लिएको केन्द्र प्रमुख राईले बताए । ओखलढुंगामा नियमित तालिमतर्फ ७२ जना र विशेष सीप विकास तालिम अन्तर्गत २३ जनाले तालिम लिएका छन् ।
केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा ६८८ जना युवालाई विभिन्न सीपमुलक तालिम प्रदान गरेको थियो । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका नियमित अन्तर्गत ३२६ जना र विशेष सीप विकास तर्फ ३६२ जना युवाहरुले तालिम लिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया