नेपाल विद्यार्थी संघ ओखलढुंगाको कार्यालय स्थापना गरिएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय तथा बिपी स्मृति भवनमै संघको कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना गरेर संघका गतिविधिलाई चलायमान बनाउने लक्ष अनुरुप विगत देखिको पहल सफल भएको नेवि संघ जिल्ला उपसभापति भिष्मलाल श्रेष्ठले बताए । श्रेष्ठको पहलमा संघको कार्यालय स्थापना भएकाे हाे ।
दाताहरुबाट सहयोग र आवश्यक कार्यालय सामाग्री जुटाएर कार्यालय सञ्चालन गरिएको उपसभापति श्रेष्ठले जानकारी दिए ।
नेपाली कांग्रेस जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले कार्यालयको उद्घाटन गरेका छन् । आगामी दिनमा विद्यार्थीको हकहित, शैक्षिक क्षेत्रको सुधारका लागि संघले अझ सशक्त ढंगले आवाज उठाउने नेवि संघ जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य रोशन महतराले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया