आदिवासी जनजातिका मौलिक संस्कृति प्रवद्र्धन गर्न ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आयोजना गरिएको साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामुहिक अभियान’ भन्ने मुल नाराका साथ खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाटे बजारमा तीन दिन महोत्सव सञ्चालन भएको थियो ।
गाउँपालिकामा रहेका आदिवासीहरुको भाषा, संस्कार, संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि जोड दिदै पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । आदिवासी जनजातीहरुको प्रथाजनित कानुनहरुको संरक्षण, संस्कृतिको उत्थान, प्रबद्र्धन र सम्बद्र्धन गर्दै पहिचान र सभ्यतालाई उजागर गरि सशक्तिकरणको माध्यमबाट राज्यमा समान पहुँच स्थापना गर्न महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाको भनाई छ ।
महोत्सवमा साँस्कृतिक प्रवद्र्धन र पुस्तान्तरणका लागि मौलिक नृत्य प्रतियोगिता सञ्चालन गरिएको आयाेजक नेपाल आदिवासी जनजाति समन्वय परिषद्का अध्यक्ष कमलकृष्ण घिसिङले बताए । शेर्पा, सुनुवार र तामाङ समुदायका सहभागिहरु विच पराम्परागत साँस्कृतिक लोक नृत्यमा प्रतियोगिता सञ्चालन भएको थियो ।
शेर्पा समुदाय तर्फ बुद्ध युवा क्लब दोराखर्क प्रथम, थोलेदेमबा शेर्पा किदुक दाश्रो, नेपाल शेर्पा विद्यार्थी संघ ओखलढुङ्गा तेश्रो र ताउर स्याप्टु समूह, थोलेदेम्बा शेर्पा किदुक लेती साथै नेपाल शेर्पा संघ ओखलढुङ्गा सान्त्वना भएका छन् । शेर्पा समुदायको छ समूह विच मौलिक साँस्कृतिक नृत्यमा प्रतिस्पर्धा भएको थियो ।
तामाङ समुदाय तर्फ ओखलढुङ्गा सेवा समाज प्रथम, सुनकोशी ककनी समूह दोश्रो, मुलखर्क तामाङ समूह तेश्रो साथै साङ्देन फ्याफुल्ला गठी, जोङ तम्बाखोर ओखलढुङ्गा सान्त्वना भएका छन् । तामाङ समुदाय बाट पाँच समूह सहभागी भएका थिए । यसै गरि सुनुवार समुदाय तर्फ खिजी चण्डेश्वरी प्रथम, उमाकुण्डा गाउँपालिका प्रिति रामेछाप दोस्रो, खिजी कात्ती तेस्रो साथै खिजी चण्डेश्वरी, खिजी देम्बा रगनी र खिजी फलाटे सान्त्वना भएका छन् ।
सुनुवार समुदाय बाट प्रतियोगितामा छ समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना भएकाले क्रमशः नगद ५१ हजार, २५ हजार, १५ हजार र आठ हजारको साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । महोत्सवको उद्घाटन समारोहमा शेर्पा, तामाङ, सुनुवार, गुरुङ, मगर, भुजेल र नेवार समुदायले झाँकी प्रदर्शन गरेको आदिवासी जनजाती महासंघ गाउँपालिका समन्वय परिषद खिजीदेम्बाका सचिव कुसाङ शेर्पाले बताए ।
नेपाल आदिवासी जनजाती संघिय परिषदका अध्यक्ष ग्याल्जेलामा शेर्पाको प्रमुख आतिथ्यतामा र संविधान सभा सदस्य यज्ञराज सुनुवार साथै पुर्व मन्त्री एवम् प्रदेश सांसद प्रदिपकुमार सुनुवारको उपस्थितीमा महोत्सवको उद्घाटन गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाती समुदायका अगुवाहरुकाे सहभागीता रहेकाे थियाे । महाेत्सवमा आदिवासी पहिरन, बाजागाजा, चालचलन, रहन सहन र खानाका परिकारकाे प्रदर्शन गरिएकाे थियाे ।
प्रतिक्रिया