कलाकार सन्तकुमार राईले ‘वर्णन’ नामक म्युजिक भिडियो ल्याएका छन् । लामो समय देखी कलाकारितामा रहेका राईले एसकेआर युट्युव च्यानल मार्फत वर्णन नामक म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
म्युजिक भिडियोमा राई र बिमला खाजुम लिम्बुको अभिनय देख्न सकिन्छ । गितमा शब्द संगित र आवाज सुजन आङ्देम्बे लिम्बुको रहेको छ ।
मनोज थापा मगरको संगित संयोजन रहेको छ, भने इसाक जबेगुले छायाङ्कन गरेका छन् । विभिन्न म्युजिक भिडियो लगायन छोटो फिल्महरुमा अभिनय गरेका राई हाल युकेमा छन् । युकेमा पनि उनी कलाकारका रुपमा परिचित छन् ।
राई ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिका-२ वाक्साका स्थायी बासिन्दा हुन् ।
भिडियाे हेर्न लिङ्क https://www.youtube.com/watch?v=e2xC33Nkn4Q
प्रतिक्रिया