जिल्ला स्तरीय आमा समूह सञ्जाल ओखलढुंगाको अध्यक्षमा कान्ति राजभण्डारी निर्वाचित भएकी छिन् । सञ्जालको तेस्रो जिल्ला अधिवेशनले राजभण्डारीको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
सञ्जालको उपाध्यक्षमा सुशीला भुजेल, सचिवमा सविता राई, सहसचिवमा भवानी दाहाल र कोषाध्यक्षमा सरस्वती अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरुमा निर्मला रैका, मैया राई, सुन्तला परियार, चौसिला बिशुंखे, भिमकुमारी खड्का, ढाका कुमारी रोका र एलिना राई चयन भएका छन् ।
जिल्ला स्तरीय सञ्जाललाई सशक्त बनाउँदै महिलाहररुको हकहितका लागि आवाज उठाउने नवनिर्वाचित अध्यक्ष राजभण्डारीले प्रतिवद्धता जनाएकी छिन् ।
प्रतिक्रिया