पकेट क्षेत्रका किसानलाई किवीको विरुवा वितरण

पकेट क्षेत्रका किसानलाई किवीको विरुवा वितरण


भिजन समाचार
477
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिकाले पकेट क्षेत्रका किसानलाई किवीको विरुवा वितरण गरेको छ । गाउँपालिकाले वडा नं. ६ श्रीचौर र वडा नं.८ रागाँदिपमा किवीको पटेक क्षेत्र घोषणा गरेको छ ।

 किवी खेती नमुना कार्यक्रम सञ्चालन भएका रागाँदिप र श्रीचौका १२ जना किसानलाई किवीको विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । किबी खेतीबाट कृषकहरुको जिविकोपार्जन सुधार गरि आयआर्जन वृद्धि गर्ने उद्देश्यले १० लाख बजेट बाट बिरुवा खरिद गरि वितरण गरिएको अध्यक्ष राईको भनाई छ ।

उक्त बजेट बाट किवीको बिरुवा, रोप्न खाल्डो बनाउने र थाक्रा राख्ने लगायतमा किसानलाई सहयोग गरिएको छ । पटेक क्षेत्र सञ्चालन भएका क्षेत्रका किसानलाई आवश्यक सामाग्री लगायत तालिमको समेत व्यवस्था भईरहेको वडा नं. ८ का वडा अध्यक्ष सुधिर राईले बताए ।