विपद् बारे स्थानियलाई जानकारी दिन तलुवामा व्यवस्थापन समिति गठन गरिएको छ । स्वयंसेवी अभियान नेपाल (भीन)ले सिद्धिचरण नगरपालिका–१ तलुवामा विपद् पुर्व तयारी समिति गठन गरेको हो ।
विपद्को समयमा कसरी सुरक्षित हुने साथै स्थानियलाई विपद् बारे अन्य जानकारी दिने उद्देश्यले समिति गठन गरिएको स्वयम्सेवी अभियान नेपालका कार्यक्रम संयोजक चोलेन्द्र कार्कीले बताए । २१ जनाको विपद् व्यवस्थापन समिति गठन गरिएको कार्कीको भनाई छ ।
विपद् पुर्व तयारी, जोखिम न्युनिकरण र प्रतिकार्यको योजना बनाई समिति मार्फत समुदायमा काम गरिने बताईएको छ । नव गठित समिति मार्फत वडामा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष तिर्थ घिमिरेले बताए ।
स्वयंसेवी अभियान नेपाल (भीन)ले युरोपियन सोलिडारीटी क्रप्सको सहयोगमा सिद्धिचरण नगरपालिकाको विभिन्न वडामा सचेतनामुलक लगायत विभिन्न कार्य सञ्चालन गरिरहेको छ ।
(प्रशिक्षार्थी पत्रकार)
प्रतिक्रिया