अस्पताल परिसरमै म्याद सकिएकाे अखाद्य सामाग्री विक्री

अस्पताल परिसरमै म्याद सकिएकाे अखाद्य सामाग्री विक्री


भिजन समाचार
7.6k
Shares

अस्पताल जस्तो संवेदनशील क्षेत्र परिसरमै म्याद गुज्रेका अखाद्य सामाग्री फेलापरेका छन् । ओखलढुंगा सामुदायिक अस्पताल सोब्रु नजिकका होटल, पसलहरुमा उपभोग्य मिति सकिएका अखाद्य सामाग्री फेला परेका हुन् ।

सेवाग्राहीले गरेको गुनासोको आधारमा अनुगमन गर्दा करिब साढे तीन हजार मुल्य बराबरको म्याद गुज्रेका अखाद्य सामान फेला परेका छन् । अनुगमनको क्रममा अस्पताल आसपासमा सञ्चालन भएका होटलहरु सरसफाईको कमी पाईएको छ ।

अधिकांश होटलहरुमा सरसफाईको कमी साथै म्याद नाघेका तथा गुणस्तरहीन सामाग्री विक्रिका लागि राखिएको पाईएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । म्याद गुज्रेका अखाद्य सामाग्री जफत गरि नष्ट गरिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । अस्पताल आसपासका होटलहरु सरसफाई युक्त राख्न, स्वस्थकर र गुणस्तरीय खानेकुरा विक्रि सुझाव दिइएको पौडेलको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, सिद्धिचरण नगरपालिका, उद्योग वाणिज्य सघं र प्रहरीले सिद्धिचरण नगरपालिका–११ सोब्रुमा रहेको अस्पताल आसपासमा सञ्चालन भएका होटल पसलहरुको अनुगमन गरेको छ ।