ओखलढुङ्गामा ९८ प्रतिशत किशोरीले क्यान्सर विरुद्धको ‘एचपीभी’ खोपको पहुँचमा पुगेका छन् । गत माघ २२ देखी २७ गते सम्म सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियानमा जिल्लाका ९८ प्रतिशत किशोरीले खोप लगाएका हुन् ।
अभियानका क्रममा कुल सात हजार २०१ जना मध्ये छ हजार ११८ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका रुम्जाटार ओखलढुङ्गाका फोकल पर्सन उमा गुरुङले जानकारी दिईन् । छुटेका दुई प्रतिशत किशोरीलाई पनि खोप लगाई शतप्रतिशत नतिजा ल्याउने लक्ष्य रहेको गुरुङको भनाई छ ।
केही किशोरीलाई ज्वरोका कारण, केही जिल्ला बाहिर रहेकाले छुटेको गुरुङले बताईन । जिल्लामा खोप अभियान सफलता पुर्वक सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द्र राजवंशीले बताए । विद्यालय तहका कक्षा ६ देखी १० सम्मका र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको प्रमुख राजवंशीले बताए ।
विद्यालय, स्वास्थ्य चौकी र अन्य स्थान गरि २१३ खोप केन्द्रबाट अभियान सञ्चालन भएको थियो ।
प्रतिक्रिया