सोह्र बर्षीया एक बालिका बलात्कार गरेको आरोपमा ज्यामिरेका एक पुरुष पक्राउ परेका छन् । करिब एक महिना अघि ती बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगा प्रहरीले सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३८ बर्षीय राजकुमार भुजेललाई पक्राउ गरेको हो ।
पीडित पक्षको उजुरीका आधारमा शनिबार भुजेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक मनिष लुईटेलले जानकारी दिए । पीडित बालिका एक महिनाको गर्भवती रहेको र परिवारले सोधपुछ गर्दा आफुमाथि बलात्कार भएको बताए पछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । पक्राउ परेका भुजेललाई ओखलढुंगा जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरि अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया