उजुरी आए वनमा आगो लगाउनेलाई पक्राउ गर्छाैं : डीएसपी खड्का

उजुरी आए वनमा आगो लगाउनेलाई पक्राउ गर्छाैं : डीएसपी खड्का


भिजन समाचार
11.6k
Shares

उजुरी आए वन जंगलमा आगो लगाउनेलाई पक्राउ गरि कारबाही गरिने ओखलढुंगाका प्रहरी प्रमुख कृष्ण खड्काले बताएका छन् ।

सुख्खा मौषम सुरु भए सँगै जिल्लाका विभिन्न स्थानका वन जंगलमा आगलागीको घटना बढिरहेको सन्दर्भमा डीएसपी खड्काले यस्तो बताएका हुन् । आगलागीका घटना न्युनिकरणका लागि सावधानी, सचेतना र कारबाहीका कार्यक्रम कडाईका साथ सञ्चालन गरिएको प्रमुख खड्काको भनाई छ ।
डढेलो र आगलागीका अधिकांश घटना मानविय लापरबाहीका कारण हुने भएकाले नागरिकस्तरमा आगलागीबाट हुने क्षति, आगो लगाएमा हुने कानुनी कारबाहीका बारेमा सचेतनामा जोड दिइएको प्रहरीले जनाएको छ ।
जानीजानी आगो लगाए वा लगाउन लगाएमा तीन बर्षसम्म वा सो भन्दा बढी कैद सजाय वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।