ओखलढुंगाको रागाँदिप स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड मेसिन जडान गरिएको छ । गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्थामा जाच गर्ने अल्ट्रासाउण्ड मेसिन मोलुङ गाउँपालिका–८ राँगादिपको स्वास्थ्य चौकीमा जडान गरिएको हो ।
डा. मिङ्मार ग्याल्जे शेर्पाको पहल, जर्मन सरकारको सहयोगमा सोलुखुम्बु पोलिटेक्निक इन्स्टिच्युडले स्वास्थ्य चौकीलाई मेसिन उपलब्ध गराएको छ ।
इन्स्टिच्युडले मेशिन चलाउन स्वास्थ्यकर्मीलाई तालिम समेत दिएको स्वास्थ्य चौकी प्रमुख सिनियर अनमी राजकुमारी राईले बताईन् । अल्ट्रासाउण्डको सेवा सुरु गरिएको प्रमुख राईले जानकारी दिइन् ।
मंगलबार पहिलो दिनमै चार जनालाई सेवा प्रदान गरिएको सिअनमि राईले जानकारी दिएकी छिन् । अल्ट्रासाउण्ड गर्नकै लागि अन्यत्र धाउनु पर्ने बाध्यता हटेको मोलुङ–८ का वडा अध्यक्ष सुधिर राईले बताएका छन् । यस अघि डा.शेर्पाको पहलमा मानेभञ्ज्याङ गाउँपालिकाको तीन वटा स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड मेसिन उपलब्ध भएको छ ।
प्रतिक्रिया