जिल्ला र ईलाका प्रशासन प्रमुख बिहिन, सेवा प्रभावित

जिल्ला र ईलाका प्रशासन प्रमुख बिहिन, सेवा प्रभावित


भिजन समाचार
9.3k
Shares

जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र ईलाका प्रशासन कार्यालय खिजीफलाटे प्रमुख बिहिन बनेको छ । करिब दुई साता देखि दुवै कार्यालयमा प्रमुख नहुँदा सेवा प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय माघ १० गते देखि प्रमुख बिहिन बनेको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालको अनिवार्य अवकास अघि गृह मन्त्रालयमा काज सरुवा भएसँगै कार्यालय प्रमुख बिहिन बनेको हो । 

सेवाग्राहीको चापले कार्य सम्पादनमा चुनौति थपिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुप पौडेलले बताए । पछिल्ला दिनहरुमा प्रशासनको राष्ट्रिय परिचयपत्र शाखा, नागरिकता र राहदानी शाखामा सेवाग्राहीको संख्या उच्च छ ।

उता ईलाका प्रशासन कार्यालय खिजिफलाटेमा प्रमुख रहेका शाखा अधिकृत पेशल विश्वकर्माको करार सम्झौता अवधि सकिएर जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा फर्किए पछि कार्यालय प्रमुख बिहिन बनेको छ ।

ईलाका प्रशासनको समस्याबारे जिल्ला प्रशासन मार्फत गृह मन्त्रालयमा पत्र पठाई सकिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । कार्यालय प्रमुख नहुँदा जिल्ला र ईलाका प्रशासनको सेवा प्रभावित बनेको छ । सेवाग्राही मर्कामा परेको छन् ।