सदरमुकाम नजिक जंगलमा वर्षेनी आगलागी, आगो लगाउने फेला पर्दैनन्

सदरमुकाम नजिक जंगलमा वर्षेनी आगलागी, आगो लगाउने फेला पर्दैनन्


भिजन समाचार
2.9k
Shares

सुख्खा मौसम सुरु भएको छ । वन जंगलका रुख पात सुक्न थालेका छन् । यस्तो समयमा वन जंगलमा आगलागीको सम्भावना उच्च हुन्छ ।

आज दिउसो ओखलढुंगा सदरमुकाम नजिकैको वनमा आगलागी भयो । वन जंगलमा आगलागी भएको यो घटना जिल्लामा यस वर्षको पहिलो हुन सक्छ । सिद्धिचरण नगरपालिका–१२ विरेन्द्र पार्क नजिकै विकास भट्टराई र भिम प्रसाद भट्टराईको खरबारी बाट अचानक आगलागी सुरु भएको थियो ।

आगो धेरै फैलिन पाएन । सदरमुकाम नजिकै भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, स्थानिय, जनप्रतिनिधी र सिद्धिचरण नगरपालिकाको दमकलले आगो निभाए । तर सदरमुकाम नजिकैकाे घटना भए पनि आगो लगाउने व्यक्ति फेला परेनन् । के कारणले आगलागी भयो त्यसको कारण पनि पत्ता लागेन ।

सदरमुकाम नजिकको जंगलमा वर्षेनी आगलागी हुन्छ तर आगो लगाउने व्यक्ति र आगलागीको कारण फेला पर्दैनन् । आज भएको आगलागीमा भट्टराई द्वयको खर वनको घाँस पात जलेर नष्ट भए पनि अन्य जनधनको क्षती नभएको प्रहरीले जनाएको छ ।