नवनिर्मित भवन बाट जिल्ला अदालतको सेवा प्रारम्भ

नवनिर्मित भवन बाट जिल्ला अदालतको सेवा प्रारम्भ


भिजन समाचार
6.4k
Shares

ओखलढुंगा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधा सम्पन्न भवन बाट प्रारम्भ गरिएको छ । हालै निर्माण सम्पन्न भएको पाँच तले सुविधा सम्पन्न भवन बाट आज (सोमबार) देखि सेवा दिन थालिएको हो ।
नवनिर्मित भवन बाट जिल्ला अदालतको सेवा प्रारम्भ भएको जिल्ला न्यायाधिश गिरीराज गौतमले बताए । नयाँ भवनबाट सेवा प्रवाह थप प्रभावकारी र सहज हुने विश्वास गरिएको न्यायाधिश गौतमको भनाई छ । यस अघि भएको अदालतको पुरानो भवन बाट सेवा प्रवाह गर्न भौतिक रुपमा कठिनाई थियो,े नयाँ भवन कर्मचारीलाई कार्य सम्पादन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने विश्वास गरिएको न्यायाधिश गौतमले बताए ।
२०७९ असार १९ गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको ३२ महिनामा भवनको निर्माण कार्य सम्पन्न भएको छ । एसकेआई स्लेट चन्द्रज्योति जे.भीले मुल्य अधिवृद्धि कर बाहेक १९ करोड ६४ लाख १८ हजार ३२८ रुपौया चार पैसा लागतमा उक्त भवन निर्माण गरेको हो ।
ओखलढुंगा सदरमुकामको गोरुमारेभञ्ज्याङ नजिकै सिद्धिचरण नगरपालिका–११ मा अदालतको भवन बनेको छ । अदालतको लागि मुख्य कार्यालय सँगै सुविधा सम्पन्न ईजलास, न्यायाधीस, कर्मचारी र सुरक्षाकर्मीका लागि आवास गृह समेतको व्यवस्था रहेको छ । खानेपानी, प्रतिक्षलय र शौचालयको राम्रो व्यवस्था गरिएको छ ।