गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षती भएको छ । सिद्धिचरण नगरपालिका–७ विगुटारका डिल्लि बहादुर कार्कीको गाई बस्तु राख्न बनाईएको गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षती भएको हो ।
बाँस, चित्राको बेरा र चित्राकै छानो भएको गोठमा अचानक आगलागी हुँदा गोठमा बाधी राखेको एउटा भैँसी, खशी र बाख्राको पाठा जलेर मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष लुईटेलले बताए । एउटा भैँसी, पाडा र दुई वटा बाख्रा आगोले जली घाईते भएको प्रहरी निरीक्षक लुईटेलको भनाई छ ।
आगलागीको कारण खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।
प्रतिक्रिया