प्रहरी कर्मचारीको क्षमता विकासका लागि आन्तरिक सुदृढीकरणमा जोड दिईएको छ । जिल्लाको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न तथा अपराध र दुर्घटना न्यूनिकरणका लागि ओखलढुंगा प्रहरीले आन्तरिक प्रशिक्षणमा जोड दिएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ३० जना प्रहरी कर्मचारीलाई स्वास्थ्य जाँच सँगै विभिन्न क्षमता विकासको तालिम दिएको छ । प्रहरी वरिष्ठ नायब निरीक्षक देखि जवान सम्मका प्रहरी कर्मचारीलाई प्राथमिक उपचार, बिरामीलाई (सिपिआर) दिने विधी साथै क्षमता अभिवृद्धिसँग सम्बन्धित तालिम दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष लुईटेलले बताए ।
प्रतिक्रिया