नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति ओखलढुंगाको अध्यक्षमा रोजन खत्री चयन भएका छन् । संगठनको १२ औँ जिल्ला अधिवेशनले खत्रीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्ष खुल्लातर्फ शान्तिलाल सापकोटा, महिलातर्फ अनिता फुयाल (ढकाल), सचिवमा रामहजुर थापा, सह–सचिवमा विनोद दाहाल र कोषाध्यक्षमा होम बहादुर थापा मगर छनौट भएका छन् ।
सदस्यहरुमा भुवन ढकाल, मोहन खतिवडा, लक्ष्मी घिमिरे, कविता खड्का र शसिकला श्रेष्ठ, झनक धमला र विष्णु केसी चयन भएका छन् ।
केन्द्रिय प्रतिनिधि खुल्लातर्फ सुजन घिमिरे, विजयकान्त धमला, महिलातर्फ अञ्जु कट्वाल र केन्द्रिय प्रतिनिधि सहकारी तर्फ बालकष्ण श्रेष्ठ छनौट भएको निर्वाचन समिति सदस्य कौशल घिमिरेले जानकारी दिए । प्रदेश प्रतिनिधितर्फ दिपकराज भण्डारी, यज्ञश्वर दाहाल र दिव्यराज दाहाल छनौट भएका छन् ।
प्रतिक्रिया