ओखलढुंगाका सात हजार बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने

ओखलढुंगाका सात हजार बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने


भिजन समाचार
2.5k
Shares

ओखलढुंगाका सात हजार भन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउने तयारी गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरूद्ध लगाइने एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाले जनाएको छ ।

माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० बर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाइ एचपीभी खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द्र राजवंशीले बताए । अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने काम भएको प्रमुख राजवंशीले जानकारी दिए । जिल्लाका सात हजार २०१ जना किशोरीलाई खोप लगाइने रावंशीको भनाई छ ।

खोप सुरक्षित रहेकाले ढुक्कसँग खोप अभियानमा सहभागी हुन प्रमुख राजवंशीले आग्रह गरेका छन् । किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने भएकाले अभियानलाई सफलतापुर्वक सम्मन गर्नका लागि सबैको सहयोग आवश्यक पर्नेमा उनको जोड छ ।

जिल्लाका १३४ विद्यालयको खोप केन्द्रबाट किशोरीहरुलाई खोप लगाईने र छुटेकाहरुलाई स्वास्थ्य चौकीहरुबाट पनि खोप प्रदान गरिने खोप फोकल पर्सन उमा गुरुङले जानकारी दिईन् । अभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पुर्ण सरोकारवालाहरुलाई कार्यालयले आग्रह गरेको छ ।