ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का दुई सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दुई वटा विद्यालयमा अध्ययनरत २०७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति ओखलढुंगाले कुशादेवी माध्यमिक विद्यालयका १७६ र त्रिवेणीधाम सँस्कृत आधारभूत विद्यालयका ३१ जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्य समिति ओखलढुंगाको समन्वय तथा केन्द्रिय परिषदको सहयोगमा विद्यार्थीलाई झोला, स्विटर, जुत्ता, टोपी र ज्याकेट वितरण गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला कार्य समिति ओखलढुंगाका अध्यक्ष एकराज धमलाले जानकारी दिए ।
केन्द्रिय परिषदसँग आवद्ध सहयागी संस्था र व्यक्तिहरुको सहयोगबाट विद्यार्थीहरुलाई जाडोमा आवश्यक स्विटर, टोपी, जुत्ता–मोजा, झोला लगायत पठनपाठनका सामाग्री प्रदान गरिएको अध्यक्ष धमलाले बताए ।
प्रतिक्रिया