ओखलढुंगाको हर्कपुरमा सुमो दुर्घटना, खोटाङका तीन जनाको मृत्यु

ओखलढुंगाको हर्कपुरमा सुमो दुर्घटना, खोटाङका तीन जनाको मृत्यु


भिजन समाचार
19.2k
Shares

ओखलढुंगाको हर्कपुरमा सुमो दुर्घटना खोटाङका तीन जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाण्डौतर्फ जादै गरेको ना १ ज ६४२१ नम्बरको सुमो गयराति मानेभञ्ज्याङ गाउपालिका–७ स्थित भडारे खोला सिद्धिचरण राजमार्ग पक्की सडकखण्ड दुर्घटना भएको हो ।

दुर्घटनामा परि खोटाङको केपिलासगढी गाउँपालिका–३ बस्ने ५६ बर्षीय माया देवी गुरुङ, उनको छोरा २८ बर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ बस्ने ४५ बर्षीय तारा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

दुर्घटनाग्रस्त सुमो सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

अन्य घाइते हालसम्म कुनै विवरण नरहेको र चालकको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ओलढुंगाले जनाएको छ ।