मानेभञ्ज्याङमा रैथाने सीपकाे शैक्षिक महोत्सव आयोजना

मानेभञ्ज्याङमा रैथाने सीपकाे शैक्षिक महोत्सव आयोजना



ओखलढुंगाको मानेभन्ज्याङमा जिल्लामै पहिलोपटक रैथाने सीपकाे शैक्षिक महोत्सव सञ्चालन हुँदैछ । किताबी ज्ञान मात्र नभएर विद्यार्थीलाई व्यवहारिक सिपको पनि महत्व बुझाई उनीहरुको सर्वाङ्गीण विकासका लागि मानेभन्ज्याङ गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।
बालबालिकाको सीप, कला र क्षमतालाई प्रदर्शन गराउँदै व्यवहारिक शिक्षमा प्रोत्साहन गराउने उद्वयले चार दिनसम्म सञ्चालन हुने गरि महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।
बुधबार देखि माग १९ गतसम्म सञ्चालन हुने शैक्षिक महोत्सवमा पालिका भित्रका १८ वटा विद्यालयको सहभागीता हुने उनले जानकारी दिए ।
महोत्सवमा विद्यार्थीहरुले बनाएका हस्तकला, परम्परात सामाग्री, चित्रकला, खानेकुराका परिकार, विज्ञानका सामाग्री लगायतको प्रदर्शनी हुनेछ । प्रदर्शनीसँगै खेलकुदका कार्यक्रम पनि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
सबै विद्यालयलाई एकिकृत रुपमा समेटेर बृहत रुपमा शैक्षिक महोत्सव आयोजना गरिएको र यसले विद्यालयमा जीवनोपयोगी, व्यवहारिक शिक्षाको महत्व बढ्ने अपेक्षा पालिकाको रहेको छ ।