आफुलाई जन्मदिने आमाबाबुको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सगरमाथा जनतामा माध्यमिक विद्यालय ओखलढुंगाका सहायक प्रधानाध्यापक टायन्द्र श्रेष्ठ दम्पतीले स्वर्गीय बाबु आमाको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन् ।
सहायक प्रधानाध्यापक श्रेष्ठ र उनकी श्रीमती रिता श्रेष्ठले स्वर्गीय बाबु मान बहादुर श्रेष्ठ र आमा नरमाया श्रेष्ठको सम्झनामा एक लाख ११ हजार १११ रुपैयाँको ‘नरमानश्रेष्ठ अक्षयकोष’ स्थापना गरेका छन् । विद्यालयको शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरेको सहायक प्रधानाध्यापक श्रेष्ठले बताए ।
उक्त अक्षयकोषको ब्याज बाट विपन्न, असाहय र अविभावक विहिन विद्यार्थीको पठनपाठनमा सहयोग गरिने विद्यालयका प्रधानाध्यपक डिल्ली कार्कीले बताए ।
विद्यालयको आर्थिक अवस्था सुधार र विपन्न, असाहय, टुहुरा विद्यार्थीको अध्ययन सहयोगको लागि अक्षयकोष स्थापना गरेर प्रशंसनीय काम गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमंग श्रेष्ठले श्रेष्ठ दम्पत्तिलाई धन्यवाद दिएका छन् । श्रेष्ठ सोही विद्यालयका सहायक प्रधानाध्यापक हुन् ।
प्रतिक्रिया