कृषि उत्पादन बढाउन किसानलाई कृषि यन्त्र वितरण

कृषि उत्पादन बढाउन किसानलाई कृषि यन्त्र वितरण



कृषि उत्पादन बढाउन ओखलढुंगाको सिल्खुबेसीका कृषहरुलाई कृषि यन्त्र वितरण गरिएको छ । जिल्लाकै सबै भन्दा बढी धान उत्पादन हुने चम्पादेवी गाउँपालिका–३ को सिल्खुबेशीका कृषकहरुलाई कृषि यन्त्र प्रदान गरिएको हो ।

कृषि ज्ञान केन्द्र ओखलढुंगा मार्फत ५० प्रतिशत अनुदानमा दुई वटा पावर टिलर, तीन वटा थ्रेसर मेसिन र नौं वटा कम्बाइन्ड मिल वितरण गरिएको केन्द्रका प्रमुख टिका बानियाले बताए । सिल्खुबेसी सयले बहुद्धेशीय कृषि तथा पशुपंछी कृषक समूहलाई उपकरण हस्तान्तरण गरिएको प्रमुख बानियाले जानकारी दिए ।

धान ब्लक कार्यक्रम सञ्चालन भएको यस क्षेत्रमा केन्द्रले चालु आर्थिक बर्षमा विनियोजित सात लाख ४० हजार बजेटले उक्त सामाग्री खरिद गरि अनुदानमा प्रदान गरको छ । प्रविधियुक्त यन्त्रहरुको प्रयोगले लागत घट्नुका साथै कृषि उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।