ओखलढुंगा प्रहरी सर्वोत्कृष्ट

ओखलढुंगा प्रहरी सर्वोत्कृष्ट


भिजन समाचार
12.1k
Shares

कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा सर्वोत्कृष्ट भएको छ । कोेशी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख बिच भएको कार्यसम्पादन सम्झौता अनुसार ओखलढुंगा प्रहरी सवौत्कृष्ट भएको हो ।

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ९१.५ अंक प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रदेशमै सर्वोत्कृष्ट भएकाे ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए । फरार प्रतिवादी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र भौतिक पूर्वाधार सँगै विविध पक्षको मूल्याङ्कन बाट सवौत्कृष्ट नतिजा आएको डीएसपी खड्काको भनाई छ ।

आगामी दिनमा कार्य सम्पादनलाई अझ प्रभावकारी र सक्रिय बनाउँदै बार्षिक रुपमै सर्वोत्कृष्ट बन्ने योजना सहित काम भईरहेको डीएसपी खड्काले जानकारी दिए ।