पत्रकार महासंघको लोगो सगरमाथामा फहराउने शेर्पा सम्मानित

पत्रकार महासंघको लोगो सगरमाथामा फहराउने शेर्पा सम्मानित



नेपाल पत्रकार महासंघ ओखलढुंगाको लोगो सगरमाथामा फहराउने शेर्पा सम्मानित भएका छन् । महासंघको लोगो अंकित झण्डा विश्वको सर्वाेच्च शिखर सगरमाथामा फहराउने आङ पासाङ शेर्पालाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाले एक कार्यक्रमको आयोजना गरेर खिजिदेम्बा गाउँपालिका–९ का शेर्पालाई सम्मान गरेको छ । सगरमाथाको सफल आरोही शेर्पाले पत्रकार महासंघ ओखलढुंगा शाखको लोगो अंकित झण्डा गत सन् २०२४ मे १९ का दिन विहान साढे नौ बजे सगरमाथाको शिखरमा फहराएका थिए ।

पत्रकार महासंघको झण्डा सगरमाथामा फहराई सिंगो पत्रकारिता जगतकै शिर उँचो बनाउन योगदान पु¥याएकोमा शेर्पालाई सम्मान गरिएको महासंघ ओखलढुंगाका अध्यक्ष पुर्ण प्रसाद न्यौपानेले बताए । महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरि शेर्पालाई सम्मान गरिएको अध्यक्ष न्यौपानेले बताए ।

सफल आरोही शेर्पालाई पत्रकार महासंघ कोशी प्रदेश समितिको लोगो अंकित झण्डा पनि सगरमाथा शिखरमा फहराउन अध्यक्ष खड्काले आग्रह गरेका छन् । पत्रकारिता समाज रुपान्तरणका लागि महत्वपुर्ण अंग हो यसको हौसला र प्रवद्र्धनका लागि आफुले महासंघको लोगो अंकित झण्डा सगरमाथामा पु¥याउने काम गरेको आरोही शेर्पाले बताएका छन् ।

पत्रकारिताले पर्यटन क्षेत्रको प्रवर्द्धन गरेका कारण आफुले सकेको सहयोग गरेको शेर्पाको भनाई छ । शेर्पाले दर्जनौ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।