लिखु गाउँपालिकाका समाजसेवी मिलन बिष्टले जाडोमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । लिखु गाउँपालिका–९ का बिष्टले वडा नं.८ को मनकामना आधारभूत विद्यालयका ३१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
विष्टले मंगलबार विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको उद्धव बिष्टले भिजन समाचारलाई जानकारी दिए । सहयोगी विष्टलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्त अधिकारीले धन्यवाद दिएका छन् । यस अघि पनि उनले वडा नं. १ का ३४ जना स्थानियलाई ब्लाङ्केट वितरण गरेका थिए ।
प्रतिक्रिया