ओखलढुंगाको सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकामा समुदायमा आधारित समावेशी विकास कार्यक्रम सीबीआइडी सञ्चालन भएको छ । अपांगता भएका व्यक्तिको हक अधिकार सुनिश्चित गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।
ओखलढुंगा सामुदायिक अस्ताल मार्फत यि दुई स्थानिय तहमा सीबीआइडी कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक तुलाराम कार्कीले बताए । कार्यक्रम पाँच वर्ष सम्म सञ्चालन हुनेछ । अस्पताल र स्थानिय तह सँग सम्झौता भइसकेको संयोजक कार्कीले बताए । अपांगता भएका व्यक्तिको हक अधिकार सुनिश्चित गर्दै विकासमा उनीहरुको समान सहभागिता ल्याउने र जीवनयापनमा सहजता ल्याउने कार्यक्रमको उद्देश्य रहेको कार्कीको भनाई छ ।
यस अघि अस्पताल मार्फत सञ्चालित समुदायमा आधारित पुर्नस्थापना (सीबीआर) कार्यक्रम जस्तै अवधारणमा रहेर (सीबीआइडी) कार्यक्रम सञ्चान हुने अस्तालका निर्देशक डा. रोशन खरेलले बताए । अघिल्लो परियोजनामा भएका काम नदोहोरिने तर अपांगता भएका व्यक्त र परिवारलाई लक्षित गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया