लिखुका पशु चौपायमा देखियो लम्पी स्किनको प्रकोप

लिखुका पशु चौपायमा देखियो लम्पी स्किनको प्रकोप


भिजन समाचार
4.5k
Shares

ओखलढुंगाको लिखु गाउँपालिकाका पशु चौपायमा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ । गाउँपालिकाको वडा नम्बर ८ र ९ का किसानले पालेका पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप देखिएको हो ।

रामेछापबाट खरिद गरेर ल्याईएका अधिकांश भैसी र गोरुमा लम्पी स्किन सँग मिल्दो जुल्दो लक्षण देखिन थालेका छन् । यसका साथै स्थानिय आधा दर्जन बढी पशुचौपाय समेत संक्रमण देखिएको लिखु गाउँपालिकाका पशुपञ्छी विकास शाखाका प्रमुख डा. रोशन पौडेलले बताए ।

लम्पी स्किन सँग मिल्दो जुल्दो रोगको संक्रमण देखिए सँगै महामारीको रुपमा फैलन नदिन किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको डा.पौडलको भनाई छ । प्रभावित क्षेत्रमा पशु प्राविधिकहरु खटाईएको पौडेलले जानकारी दिए ।

किसानले पालेका पशु चौपायमा यस्ता लक्षण देखिएमा सम्बन्धीत निकायमा खबर गर्न र बिरामी पशुलाई छुट्टै राख्न, चरिचरणमा नलान तथा आवश्यक सतर्कता अपनाउन पालिकाले आग्रह गरेको छ ।