ओखलढुंगा सदरमुकाममा पर्यटकीय झोलुङगे पुल बन्ने पक्का भएको छ । हुलाकडाँडा देखि विरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो ।
उक्त पुल निर्माणका लागि संघिय सरकारबाट सात करोड बजेट सुनिश्चितता भए सँगै पुल बन्ने कुरा पक्का भएको सिद्धिचरण नगरपालिका–१२ का वडा अध्यक्ष उमंग श्रेष्ठले बताए । ओखलढुंगाका संघिय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र मेयर तजेन्द्र खनालको पहलमा पुल बन्ने बजेटको श्रोत सुनिश्चित भएको वडाअध्यक्ष श्रेष्ठको भनाई छ ।
सिद्धिचरण नतगरपालिका–११ को हुलाकडाँडा देखि वडा नं. १२ को विरेन्द्र पार्कसम्म पर्यटकीय पुल बने सँगै नगर र समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मेयर तेजेन्द्र खनालको भनाई छ । पर्यटकीय पुलको प्राविधिक अध्ययन भइसकेको छ ।
पुल बनेपछि सदरमुकामको हुलाकडाँडा देखि सिधै स्रष्टापार्क पुग्न सकिने छ । आर्थिक समृद्धिका लागि सदरमुकाम क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढाई होटल तथा अन्य व्यवसाय चलायमान बनाई आर्थिक समृद्धि बढाउने योजना रहेको सिद्धिचरण नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया