ओखलढुंगामा पत्रकारिता तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघको सहजिकरण र घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ७ दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको हो ।
माग ११ गतेसम्म सञ्चालन हुने तालिमको शनिवार उद्घाटन गरिएको छ । महासंघका जिल्ला अध्यक्ष पूर्णप्रसाद न्यौपानेको अध्यक्षता तथा महासंघ कोशी प्रदेश सदस्य लाक्पा जी शेर्पाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनुप पौडेल, प्रहरी नायव उपरीक्षक कृष्ण खड्का, सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधी, गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका वत्ताहरुले पत्रकारितामा प्रवेश गर्ने नयाँ पुस्तालाई तालिम दिएर दक्ष बनाउन महासंघले नेतृत्वदायी भूमिका खेलेको बताए ।
तालिमा जिल्लाभित्रका १६ जना नयाँ र विभिन्न सञ्चारमाध्ममा क्रियाशिल पत्रकार समेतेको सहभागिता रहेको महासंघका सचिव मिनाकुमारी श्रेष्ठले जानकारी दिइन् ।
तालिमको सहजिकरण महासंघका जिल्ला अध्यक्ष पूर्णप्रसाद न्यौपाने, सदस्य एसवि जेरो र प्रमुख प्रशिक्षकको रुपमा पत्रकार प्रकाश वस्याल र राजन रुचाललगायतले गर्ने छन् ।

कार्यक्रममा आयोजकको तर्फबाट सूचना अधिकारी रविना राईले तालिमको मापदण्ड, कार्यालयले गर्ने व्यवस्थापकी पक्ष लगायतको बारेमा जानकारी दिएकी थिइन् ।
तालिम पश्चात् सहभागिहरुले जिल्लामा सञ्चालित सञ्चारमाध्यममा रोजगारीको अवसर प्राप्त गर्ने जिल्ला अध्यक्ष न्यौपानेले बताए । आधारभूत तालिमबाट उत्कृष्ट छनौट गरेर थप क्षमता विकास गराउँदै पत्रकारितामा सकृय बनाउने उनको भनाई थियो ।
तालिम दैनिक ६ घण्टासम्म सञ्चालन हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया