ओखलढुंगाको कुइभिरमा कुटपिटका कारण ४५ वर्षिय पुरुषको ज्यान गएको छ । आपसी विवादका क्रममा कुटपिट हुदाँ चिशंखुगढी गाउँपालिका–१ कुइभिरका ४५ वर्षिय रामकुमार राईको ज्यान गएको हो ।
माघ २ गते स्थानीय करिब ६५ बर्षिय टुकराज राईले रामकुमारलाई कुटपिट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । कुटपिटबाट मरानासन्न भएका राईको उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको र उनको शुक्रबार उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कष्ण खड्काले बताए ।
घटनामा सङ्लग्न राईलाई पक्राउ गरि आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरी प्रमुख खड्काको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया